काठमाडौँ । सरकारले अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडीलाई पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले खेलाडीसँगै प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई सम्मान गर्ने निर्णय गरेको हो ।
पदक जित्ने खेलाडी तथा खेलाडी टोलीलाई ‘राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ (दोस्रो संशोधन, २०८२) अनुसार कुल १० करोड ५१ लाख ४८ हजार ५ सय नगद पुरस्कार प्रदान गरिनेछ ।
खेलाडी तथा खेलाडी टोलीलाई प्रोत्साहन गर्ने उद्देश्यले नगद पुरस्कारस्वरुप सम्मान गर्न लागिएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार खेलाडीहरुलाई यसअघि पनि सम्मान गरिए पनि यो हालसम्मकै ठूलो नगद पुरस्कार राशि हो ।
यसपटक अन्तराष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक तथा फिजियोसहित १ सय १ जनालाई नगद पुरस्कारसहित सम्मान गरिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्