Skip to content
LAXMI SUNRISE BANK

गृहमन्त्रीको प्रष्टिकरण- ‘फिल्डमा उत्रिएर काम गर्नु स्टन्ट हो भने, हामीलाई यस्तै स्टन्ट चाहिएको छ’ 

अर्थ सरोकार

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सांसदहरुले फिल्डमा उत्रिएर काम गर्नु स्टन्ट हो भने नेपाललाई यस्तै स्टन्ट चाहिएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा गणेश नेपाली मृत्यु प्रकरणबारे प्रष्टिकरण दिँदै गृहमन्त्री गुरुङले यस्तो बताएका हुन् । 

उनले आत्मदाह प्रयासपछि उपचारका लागि वीर अस्पताल पुर्याइएका मुगुका गणेश नेपालीको ज्यान जोगाउन हरसम्भव प्रयास गरेको प्रष्टिकरण दिएका छन् ।

मध्यराति भए पनि अस्पताल पुगेर नेपालीलाई भारत लैजाने विषयमा तयारी गरेको जानकारी दिँदै उनले आफैँ फिल्डमा दौडिएर गरेको तयारी र लिएको एक्सन स्टन्ट भए नेपालीहरुले यस्तो स्टन्ट खोजेको बताएका छन् ।

त्यस्तै, सो प्रकरणमा डिआईजी गोबिन्द थपलियाको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको समेत जानकारी दिएका छन् । उनले सो घटनाबारे छानविनका लागि महानगरका ३ जना पदाधिकारीलाई नियन्त्रणमा लिइएको पनि बताएका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK