काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देवचुली नगरपालिका-१५, नवलपरासी स्थित श्री जन ज्योति माध्यमिक विद्यालयमा अभिभावक प्रतिक्षा स्थल निर्माणमा सहयोग गर्नुका साथै अन्य शैक्षिक सामग्री तथा उपकरणहरु हस्तान्तरण गरेको छ ।
बैंकका नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले शिक्षक–अभिभावक संघका अध्यक्ष पदम राज भट्टराईलाई वाटर डिस्पेन्सर, सुझाव पेटिका, २० थान कुर्चीहरु तथा विद्यालयलाई आवश्यक सेतो पाटी हस्तान्तरण गरेका हुन् । नारायणगढ क्षेत्र प्रमुख भण्डारीले बैंकको तर्फबाट अभिभावक, सेवाग्राही तथा समुदायका व्यक्तिहरू आउने भएकाले उनीहरूका लागि व्यवस्थित, सम्मानजनक तथा सहज प्रतीक्षा स्थलको लागि पनि सहयोग गरेका छन् ।
शिक्षक-अभिभावक संघका अध्यक्ष भट्टराईले उक्त सहयोग उपलब्ध गराएकोमा बैंकप्रति धन्यवाद ज्ञापन गर्दै सो सहयोगले विद्यालयमा आउने अभिभावक, विद्यार्थी, शिक्षक तथा सेवाग्राहीका लागि थप सहज र व्यवस्थित वातावरण सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, श्री जन ज्योति माध्यमिक विद्यालयका प्रध्यानाध्यापक तथा शिक्षकहरुको उपस्थिती रहेको थियो ।
यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्