Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंकको नाफामा लोभलाग्दो प्रगति, खुद नाफा ३३.५१ प्रतिशतले बढ्दा ईपीएस ३ रुपैयाँले बढ्यो

अर्थ सरोकार

काठमाडौँ । कामना सेवा विकास बैंकको नाफामा आकर्षक सुधार देखिएको छ । बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ३३.५१ प्रतिशतले बढेको हो । 

बैंकले यस अवधिमा कुल ८९ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६६ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ३१ करोडबाट बढेर २ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । बैंकको कुल सञ्चालन आम्दानी पनि २ अर्ब ७० करोडबाट बढेर २ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । 

त्यस्तै, समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा पनि १ अर्ब ४ करोडबाट बढेर १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको निष्क्रिय कर्जा ३.७७ प्रतिशत पुगेको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ३ रुपैयाँ ६७ पैसाले बढेर २२ रुपैयाँ ७५ पैसा पुगेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK