Skip to content
LAXMI SUNRISE BANK

उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुतीकरणमा कामना सेवा उत्कृष्ट, महालक्ष्मी र मुक्तिनाथ खस्किए, साइन रेसुङ्गालाई ‘सर्टिफिकेट अफ मेरिट’

अर्थ सरोकार

काठमाडौँ । कामना सेवा विकास बैंकको वित्तीय प्रतिवेदन विकास बैंकहरुमध्येकै उत्कृष्ट रहेको पाइएको छ । विकास बैंकहरुमध्येकै उत्कृष्ट वित्तीय प्रतिवेदन रहेको भन्दै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले कामना सेवा विकास बैंकलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड रिपोर्ट अवार्ड (बीपीए अवार्ड)’ अन्तर्गत ‘गोल्र्ड अवार्ड’ दिएको हो ।

कामना सेवा विकास बैंकले पाएको यो अवार्ड तेस्रो पटक हो । यसअघि पनि बैंकले दुई पटकसम्म सो अवार्ड प्राप्त गरिसकेको छ । आईक्यानले हरेक वर्ष प्रदान गर्दै आएको बीपीए अवार्ड अन्तर्गत गरिमा विकास बैंकले ‘सिल्भर अवार्ड’ पाएको छ ।

कामना सेवा विकास बैंकको वित्तीय प्रतिवेदन प्रस्तुतीकरण उत्कृष्ट हुँदा महालक्ष्मी विकास बैंक र मुक्तिनाथ विकास बैंकको स्तर भने खस्किएको छ । यसवर्ष महालक्ष्मी विकास बैंकले ‘ब्रोन्ज अवार्ड’ पाएको छ ।

त्यस्तै, मुक्तिनाथ विकास बैंकले ‘बीपीए अवार्ड २०२५’ अन्तर्गत सर्टिफिकेट अफ मेरिटमै चित्त बुझाउनुपरेको छ । 

यता लुम्बिनी विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पनि ‘नेशनल बेस्ट प्रिजेन्टेड रिपोर्ट अवार्ड (बीपीए अवार्ड)’ अन्तर्गत सर्टिफिकेट अफ मेरिट पाएका छन् । सो अवार्डहरु मंगलबार काठमाडौँस्थित होटल याक एण्ड यतिमा आयोजित विशेष समारोहमा प्रदान गरिएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK