Skip to content
LAXMI SUNRISE BANK

बाँझो जग्गालाई उपयोगमा ल्याउन भूमि बैंक सञ्चालन हुँदै 

अर्थ सरोकार

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा भूमि बैंक सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ ।
उपयोगमा नरहेका तथा बाँझो निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोगमा ल्याउने उद्देश्यले सो प्रक्रिया अघि बढाइएको भूमि व्यवस्थामन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको सूचनामा भूमि उपयोग ऐन, २०७६ र भूमि उपयोग नियमावली, २०७९ (तेस्रो संशोधन, २०८२)ले गरेको कानुनी व्यवस्थाअनुसार स्थानीय तहमार्फत प्रयोगविहीन निजी जग्गालाई उपयोगमा ल्याउन सकिने जनाइएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK