Skip to content
LAXMI SUNRISE BANK

लक्ष्मी सनराइज बैंकद्वारा ३ अर्ब बराबरको ऋणपत्र निष्कासन, आजदेखि आवेदन दिन सकिने

अर्थ सरोकार

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ बिहीबारदेखि निष्कासन तथा बिक्री खुला गरेको छ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र जारी गरेको हो । १० वर्ष अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज प्राप्त गर्नेछन् ।

कुल ३० लाख कित्तामध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत उपलब्ध गराइने बैंकले जनाएको छ । सार्वजनिक निष्कासनका लागि छुट्याइएकोमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का लागि सुरक्षित गरिएको छ ।

इच्छुक लगानीकर्ताले सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । आवेदनका लागि न्यूनतम २५ कित्ता र अधिकतम सम्पूर्ण निष्कासित कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ ।

बैंकका अनुसार छिटोमा साउन १९ गते बैंकिङ समयपछि निष्कासन बन्द हुनेछ । उक्त अवधिसम्म पर्याप्त आवेदन नपरेमा बिक्री अवधि साउन २८ गतेसम्म लम्ब्याइनेछ ।

यस ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी माछापुच्छ्रे क्यापिटल लिमिटेडले निर्वाह गरिरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK