Skip to content
LAXMI SUNRISE BANK

मितेरी डेभलपमेन्ट बैंकको नाफा ८.९८ प्रतिशतले बढ्यो, इपिएस कति छ ?

अर्थ सरोकार

काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकको खुद नाफा बढेको छ । कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ८.९८ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा बैंकले १४ करोड १२ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १२ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी ५०.३० प्रतिशतले बढेर २० करोड ४५ लाख रुपैयाँबाट ३० करोड ७४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि १८ करोड ५७ लाख बाट बढेर २० करोड १७ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १५ करोड ४८ लाख ६६ हजार रुपैयाँ पुगेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (इपिएस) पनि १० रुपैयाँ ६५ पैसाबाट बढेर ११ रुपैयाँ ६० पैसा पुगेको छ । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २० पैसा पुगेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK