काठमाडौँ । सेयर बजार विश्लेषक मनिष अर्यालले मौद्रिक नीति सेयर बजारमैत्री रहेको बताएका छन् । मंगलबार सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सेयर बजारमैत्री रहेको बताएका हुन् ।
मौद्रिक नीतिमा गरिएको व्यवस्थाका कारण अब बैंकहरुले अधिक कर्जा प्रवाह गर्न सक्ने अवस्था भएको अर्यालको भनाई छ ।
‘बैंकहरुले धेरै ऋण दिन सक्ने अवस्था भयो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै अर्यालले भने, ‘अब कर्जा दिन सक्ने क्षमता भएका बैंकहरुले यो रेसियो वा त्यो रेसियोको बाहनामा कर्जा दिन नपाउने अवस्थाको अन्त्य भएको छ ।’
त्यस्तै, अर्यालले अब कर्जा दिन मिल्ने र सक्ने बैंकहरुले व्यापक रुपमा कर्जा दिन सक्ने बताएका छन् । त्यस्तै, चालु आर्थिक वर्षमै भएको सेयर धितो कर्जाको एकल ग्राहक सीमा पनि १५ करोडबाट बढेर २५ करोड पुग्नुका साथै संस्थागत लगानीकर्तालाई ‘लिमिट’ नतोकिने व्यवस्थाले पनि बजारलाई फाइदा गर्ने अर्यालको भनाई छ ।
अर्कोतर्फ राष्ट्र बैंकले मौद्रिक नीतिले राम्रा फण्डामेन्टल र लाभांश वितरण गरिरहेका सेयरमा ऋणको ‘फ्लो’ बढाउने नीति लिएको अर्यालको भनाई छ । उनले समग्रमा यसले बजारको हित गर्ने बताएका छन् ।
मौद्रिक नीतिमा अर्यालले देखेका परिवर्तन र प्रभावः
१. व्यवसायको लागि लिइने कर्जामा पनि व्यक्तिगत जमानीबाट असीमित दायित्व सिर्जना हुने अवस्था हटाउने,
प्रभावः ऋणप्रति सीमित दायित्व सिर्जना हुँदा ऋणमा आकर्षण बढ्ने सम्भावना ।
२. चेक अनादरका कारण पर्ने कालोसूचीको प्रावधानमा लचकता,
प्रभावः कालोसूचीमा परेका अधिकांश व्यक्ति वा संस्थालाई बैंकबाट पाउने सेवामा सहजता
३. निष्कृय कर्जाको व्यवस्थापन,
प्रभावः निष्कृय कर्जा व्यवस्थापनले पुँजीमा पारेको चाप कम भएर व्यवसाय विस्तारमा सहयोग पुर्याउँछ ।
४. संस्थाको सबलताको आधारमा शेयर कर्जा सिमा निर्धारण हुने,
प्रभावः क्षमता भएका संस्थाले हिजोका दिनमा भन्दा बढि शेयर कर्जा दिन सक्ने ।
५. व्यक्तिगत सेयर कर्जा सिमामा वृद्धि,
प्रभावः शेयर बजारमा खरिदकर्ता बढ्ने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्