Skip to content
LAXMI SUNRISE BANK

मौद्रिक नीतिको समीक्षाः सेयर धितो कर्जाको सीमा बढ्यो, घरकर्जाको सीमा पनि २ करोडबाट ३ करोड पुर्याइयो

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको वार्षिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मंगलबार दिउँसो मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको हो ।

मौद्रिक नीतिको वार्षिक समीक्षामार्फत राष्ट्र बैंकले घर कर्जाको सीमा बढाएको छ । राष्ट्र बैंकले निजी आवासीय घर निर्माण तथा खरिदका लागि प्रवाह गरिने कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड रुपैयाँ पुर्याएको छ । 

त्यस्तै, राष्ट्र बैंकले सेयर धितो कर्जाको एक ग्राहक सीमा पनि १५ करोडबाट बढाएर २५ करोड रुपैयाँ पुर्याएको छ ।

मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले व्यक्तिगत अधिविकर्ष (पर्सनल ओभरड्राफ्ट) कर्जाको सीमा पनि बढाएर १ करोड रुपैयाँ कायम गरेको छ । यसअघि यस्तो कर्जाको सीमा ५० लाख रुपैयाँ रहेको थियो । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK