काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति लचिलो हुने बताएका छन् । अर्थ समितिमा मौद्रिक नीतिका विषयमा भएको छलफलमा बोल्दै अधिकारीले यस्तो बताएका हुन् ।
अहिले मुलुकको समग्र आर्थिक आधारभुत अवस्था सबल रहेकोले मौद्रिक नीति कसिलो गर्नुपर्ने आवश्यकता नभएको उनको भनाई छ ।
उनले मूल्य स्थिरता र बाह्य क्षेत्रको अवस्था सन्तोषजनक रहेकाले पनि ब्याजदर तथा अन्य मौद्रिक उपकरण कसिलो बनाउन नपर्ने बताएका छन् । उनका अनुसार वर्तमान अवस्थामा राष्ट्र बैंकले बैंक दर, नीतिगत दर वा ब्याजदर करिडोरलाई थप कडा बनाउने आधार देखिँदैन ।
राष्ट्र बैंकभित्र उच्चस्तरीय प्राविधिक विश्लेषण र विस्तृत छलफलपछि मात्र मौद्रिक नीति निर्माण हुने उल्लेख गर्दै पूर्व गभर्नर अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति लचिलो आउने बताएका छन् ।
‘हाल समग्र आर्थिक स्थिति एकदमै स्ट्रङ छ ।’, उनले भने, ‘यो स्थितिमा केन्द्रिय बैंकको म्याण्डेट भित्रको विषय मूल्य स्थिति इन्फ्लेसन र बाह्य क्षेत्रको स्थायित्वको विषयमा देश अलिकति सबल अवस्थामा रही रच्दा आउने मौद्रिक नीति स्वभावैले एकोमोडेटिभ रहन्छ, लचिलो रहन्छ, त्यसमा कसिलोपन कुनै राख्नुपर्ने आवश्यकता छैन ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्