Skip to content
LAXMI SUNRISE BANK

नबिल बैंकलाई लगातार तेस्रो पटक ‘बीपीए अवार्ड’, वाणिज्य बैंकहरुमध्येकै उत्कृष्ट !

अर्थ सरोकार

काठमाडौँ । नबिल बैंकले ‘नेशनल बेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट अवार्ड’ (बीपीए अवार्ड) मा ह्याट्रिक हानेको छ । ‘बीपीए अवार्ड, २०२५’ मा पनि अवार्ड हात पार्दै बैंकले सो अवार्डमा ह्याट्रिक हानेको हो । 

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)को प्रदान गर्ने ‘बीपीए अवार्ड, २०२५’ मा नबिल बैंकले वित्तीय सेवा क्षेत्र तर्फको विधामा ‘गोल्ड अवार्ड’ पाएको छ । 

काठमाडौँमा आयोजित एक विशेष समारोहकाबीच बैंकलाई आईक्यानले सो अवार्ड प्रदान गरेको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज ज्ञवालीलाई आईक्यानका अध्यक्ष निल बहादुर सारुले सो अवार्ड प्रदान गरेका थिए ।

नबिल बैंकले यसअघि दुईपटक सो अवार्ड पाइसकेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK