Skip to content
LAXMI SUNRISE BANK

नेपाल पुनर्बीमा कम्पनी ५ अर्ब ८४ करोड घाटामा, आम्दानी ह्वात्तै घट्यो, इपिएस पनि ऋणात्मक

अर्थ सरोकार

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीले झण्डै ६ अर्ब रुपैयाँ नोक्सानी व्यहोरेको छ । कम्पनीले प्रकाशित गरेको गत चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले ५ अर्ब ८४ करोड २ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको हो । 

कम्पनीले यसअघि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५४ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

यसो त माघदेखि चैतसम्म मात्र कम्पनीले २ अर्ब १४ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । तर, पहिलो र दोस्रो त्रैमासमा परेको भारी दाबी भुक्तानीका कारण तेस्रो त्रैमासमा कम्पनीले ठूलो नोक्सानी व्यहोर्नुपरेको हो ।

समीक्षा अवधिमा कम्पनीको दाबी भुक्तानी १० अर्ब ८३ करोड ४५ लाख रुपैयाँ पुगेको छ । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ५ अर्ब १७ करोड रुपैयाँ रहेको थियो । 

त्यस्तै, कम्पनीको लगानीबाट हुने आम्दानी ९४ करोड २६ लाख रुपैयाँबाट घटेर ४७ करोड ५४ लाखमा सीमित भएको छ भने खुद आर्जित बीमा शुल्क पनि ७ अर्ब ११ करोड रुपैयाँबाट घटेर ५ अर्ब ८३ करोड रुपैयाँमा झरेको छ । 

कम्पनी घाटामा गएसँगै समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ४३ रुपैयाँ ५१ पैसा ऋणात्मक भएको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ पनि घटेर १०९ रुपैयाँ २० पैसामा झरेको छ । चुक्ता पूँजी १३ अर्ब ४२ करोड २१ लाख रहेको कम्पनीको जगेडा कोष ४ अर्ब ९० करोड ६५ लाख रुपैयाँ ऋणात्मक बनेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK