काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड, इण्डियन च्याम्बर अफ कमर्सद्धारा बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गरिने चार प्रतिष्ठित पुरस्कारहरुबाट सम्मानित भएकोे छ । बैंकले ‘Best Bank in MSME Acceleration’, ‘Best Performance on Asset Quality’, ‘Best Performance on Profitability’ र ‘Best Commercial Bank’ विधामा उक्त सम्मान प्राप्त गरेको हो ।
भारतको नयाँ दिल्लीमा इण्डियन च्याम्बर अफ कमर्सद्धारा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२६ कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द तथा वित्त तथा योजना विभाग प्रमुख नेत्र खतिवडाले उक्त पुरस्कारहरू ग्रहण गरेका थिए ।
यी अन्तराष्ट्रिय प्रतिष्ठित पुरस्कारहरूले बैंकको व्यावसायिक बैंकिङमा उत्कृष्टता, सम्पत्तिको गुणस्तरता तथा नाफामुखी कार्यसम्पादनमा देखिएको नतिजा र साना तथा मझौला उद्यमको प्रबर्दनमा बैंकको दृढ संकल्पको प्रतिबद्धतालाई जोड दिएको छ ।
नेपाल एसबिआई बैंक लि.ले बिगत ३३ वर्ष देखि बैंकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्