Skip to content
LAXMI SUNRISE BANK

बुधबार १४ अंकले बढ्यो नेप्से, ४ अर्ब १७ करोडमाथिको कारोबार !

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक १४ अंकले बढेर २५९०.२९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३६२ कम्पनीको ८४ लाख ७३ हजार १६ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब १७ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार १०% हिमालयन बैंक लिमिटेड डिबेन्चर २०८३को भएको छ । यस कम्पनीको ४४ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा एनएमबि डिबेन्चर १०.७५% (ऋणपत्र) २०८९-२०९०का लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK