Skip to content
LAXMI SUNRISE BANK

बिहीबार ७.५ अंकले बढ्यो नेप्से परिसूचक, बजार २५९७.८० बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको चौथो दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबार नेप्से परिसूचक ७.५ अंकले बढेर २५९७.८० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३७१ कम्पनीको ९४ लाख ६९ हजार ९९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ५६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सिंगटी हाइड्रो इनर्जी लिमिटेडको भएको छ । यस कम्पनीको २४ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा एनआईबिएल ग्रोथ फण्डका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK