काठमाडौँ । चिनको साङ्घाईमा जुलाई १० देखी जुलाई २० सम्म सम्पन्न भएको ६७औँ अन्तराष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीले समग्रमा ५७ अंक हासिल गरी यसअघिको समग्र अंक ४६ लाई पछि पार्दै इतिहास कायम गरेको छ ।
कार्यक्रममा सहभागीहरुमध्ये संखुवासभाका प्रसिद्ध थापा, ललितपुरका आयाम आचार्य र धादिङका निसान खत्रीले समान एक–एक अनरेवल मेन्सन (एच.एम) दिलाएका हुन् ।
अन्य सहभागिहरु बर्दियाका मिसन जोसी, मोरङका युगान्तर कालाखेती र पोखराका अरिज पोख्रेलको समग्र अंकबाट नेपालको ऐतिहासिक रेकर्ड अंक प्राप्त गरी ११७ मध्ये ३३ देशलाई पछि पार्दै ८४औँ स्थानमा रहन सफल भएको संंथाका अध्यक्ष एवम् कन्ट्री लिडर हरि प्रपन्न कँडेलले बताएका छन् ।
सन् २०१७ को ब्राजिल ओलम्पियाडबाट निरन्तर प्रतिस्पर्धा गरिरहेको नेपालको यो १०औँ सहभागीता हो । कार्यक्रममा नेपाल सहित करिब १ सय १७ देशका ६ सय ६६ युवा विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका छन् । नेपाल सरकार, विज्ञान, प्रविधि तथा नवप्रवर्धन मन्त्रालय, ओलम्पियाड कार्यक्रम सञ्चालन कार्यविधि– २०८२ अन्तर्गत म्याथम्याटिकल एसोसिएसन अफ नेपालद्वरा सञ्चालित करिब २५०० बढी प्रतिस्पर्धी विद्यार्थीहरुबाट जिल्ला, प्रदेश हुदै केन्द्रीय चरणका छनौट परीक्षा साथै ६ महिना बढिको तालीम मार्फत अधिराज्य भरबाट ६ जना प्रतिस्पर्धी विद्यार्थीहरु छनौट भएको कार्यक्रम संयोजक, म्याथम्याटिकल एसोसिएसन अफ नेपालका महासचिव छबि ढुङ्गानाले बताएका छन् ।
विद्यार्थीहरुलाई निरन्तर रुपमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको तालिमहरु प्रदान गर्ने साथै यस्ता प्रतिस्पर्धाहरुमा सरकारी निकायहरुबाट सहयोग वृद्धि भएमा स्तरोन्नति गर्न सकिने ढुङ्गानाले बताए ।
साङ्घाई पुग्नु अघि टोली करिब ७० बढी देश सहभागी हुने करिब २१ दीनको बन्द प्रशिक्षणमा सहभागी भएको थियो । ६७औँ गणित ओलम्पीयाडमा उत्कृष्ट नतिजाका लागि टिम तयार पारिएको राष्ट्रिय प्रशिक्षक ई. प्रजित अधिकारीले जानकारी दिएका छन् । कार्यक्रमको सह नेतृत्व कोषाध्यक्ष नारायण पौडेलले गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्