काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । शुक्रबार नेप्से परिसूचक १२.९६ अंकले बढेर २६८५.५४ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३३७ कम्पनीको ८८ लाख ५१ हजार २१६ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब ७५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार रिडी पावर कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको १७ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यता, बोटलर्स नेपाल (तराई) लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्