काठमाडौँ । केही दिनअघिसम्म काठमाडौँ महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा खटिएर न्युरोड लगायतका क्षेत्रमा फुटपाथ अतिक्रमण नियन्त्रण गरिरहेका देखिन्थे । दिउँसोको समयमा फुटपाथमा पसल राख्न महानगरले कडाइ गरेको थियो भने व्यापार गर्नका लागि निश्चित समयसमेत तोकिएको थियो ।
तर, आत्मदाहको प्रयास गरेका र पछि निधन भएका गणेश नेपालीसँग सम्बन्धित घटनापछि सडकमा नगर प्रहरीको उपस्थिति उल्लेख्य रूपमा घटेको देखिएको छ ।
उक्त घटनापछि नगर प्रहरीमाथि आक्रमण वा सुरक्षा जोखिम बढ्न सक्ने चिन्ताका कारण केही समयका लागि नियमित सडक ड्युटीमा नखटिएको एक नगर प्रहरी कर्मचारीले बताए । नगर प्रहरी सडकमा कम देखिन थालेपछी काठमाडौंका न्युरोडसहित विभिन्न स्थानमा फुटपाथ पुनः व्यापारीले भरिन थालेको छ ।
काठमाडौँमा सडकमा अव्यवस्थित पार्किङसमेत बढेको देखिएको छ ।फुटपाथमा व्यापार बढ्दा पैदलयात्री सडकमै हिँड्न बाध्य भएका छन् । यसले सवारी आवागमन प्रभावित हुनुका साथै ट्राफिक जामसमेत बढेको स्थानीयले बताएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्