काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार खुद नाफा १९.९८ प्रतिशतले घटेको हो । कम्पनीले असार मसान्तसम्म कुल ९८ करोड ७३ लाख रुपैयाँ खदु नाफा कमाएको छ । जबकी कम्पनीले आघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २३.८९ प्रतिशतले घटेर १ अर्ब ४४ करोडमा सीमित भएको छ भने ब्याज खर्च ५६ करोड ९१ लाख रुपैयाँबाट बढेर ९७ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।
खुद ब्याज आम्दानी घट्दा र ब्याज खर्च बढेपछि बैंकको नाफामा दबाब परेको छ । तर, गत आर्थिक वर्षमा बैंकले २१ करोड २७ लाख बराबरको इम्पेयरमेन्ट चार्ज रिभर्स गरेको छ । यसले बैंकलाई थप ठूलो नाफा गिरावटबाट जोगाएको छ ।
यस अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । बैंकको यस्तो आम्दानी १ रुपैयाँ १४ पैसाले घटेर ४ रुपैयाँ ५७ पैसामा झरेको छ । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ २२ पैसा छ । बैंकको कर्जा प्रवाह २४ अर्ब ९४ करोड रुपैयाँबाट बढेर ३१ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ भने बैंकले कुल ५६ अर्ब १३ करोड रुपैयाँ कर्जा स्वीकृत गरिसकेको छ ।
त्यस्तै, बैंकको निक्षेप संकलन ७ अर्ब ६८ करोड रुपैयाँबाट बढेर ७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । बैंकको कुल सम्पत्ति ४१ अर्ब ८४ करोड रुपैयाँ कायम रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्