Skip to content
LAXMI SUNRISE BANK

पुरानो संसद् भवनलाई जेन-जी संग्राहलय बनाउने तयारी !

अर्थ सरोकार

काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा ध्वस्त भएको पुरानो संसद् भवनलाई जेन-जी संग्राहलय बनाइने भएको छ । मर्मत गरेर पुनः सञ्चालनमा ल्याउन सकिने अवस्था नभएसपछि सरकारले पुरानो बानेश्वरस्थित पुरानो संसद भवन (अन्तराष्ट्रिय सम्मेलन केन्द्र)लाई यथास्थितिमै संग्राहलय बनाउने तयारी गरेको हो ।

उक्त भवन २०५० सालमा चिनियाँ सहयोगमा निर्माण गरिएको थियो । २०६५ सालमा गणतन्त्र घोषणा भएसँगै उक्त भवनलाई संसद् भवनको रुपमा प्रयोग गर्न थालिएको थियो ।

उक्त संसद् भवनको प्राङ्गणमा संसद् सचिवालय, लगानी बोर्ड, कानून आयोग र राष्ट्रिय वाणिज्य बैंकको शाखासहितका कार्यालय सञ्चालनमा थिए । तर, गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा उक्त भवन पूर्ण रुपमा ध्वस्त भएको थियो ।

जेन–जी आन्दोलनमा ध्वस्त भएको उक्त भवन पुनर्निर्माण गरेर पुनः सञ्चालन गर्न सकिने अवस्था नभएपछि सरकारले यथास्थितिमा जेन-जी संग्राहलय बनाउने तयारी गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK