काठमाडौँ । सरकारले एक रुपैयाँको सिक्काको नयाँ डिजाइन तयार गरेको छ । सरकारले चुच्चे नक्सासहित सिक्काको नयाँ डिजाइन तयार गरेको हो ।
नयाँ डिजाइनमा आकाश भैरवको चित्र पनि राखिएको छ । सिक्काको नयाँ डिजाइन मन्त्रिपरिषद्बाट पास भएर अर्थ मन्त्रालय हुँदै नेपाल राष्ट्र बैंक पुगिसकेको छ ।
यसो त राष्ट्र बैंकले यसअघि मुस्ताङको घार गुम्बासहित तस्वीर राख्नेगरी सिक्काको नयाँ डिजाइन पठाएको थियो । तर, मन्त्रिपरिषद्ले सो डिजाइन फिर्ता गर्दै नयाँ डिजाइन प्रस्ताव गर्न भनेको थियो ।
सोही अनुसार राष्ट्र बैंकले पुनः आकाश भैरव र चुच्चे नक्सासहितको डिजाइन पठाएको थियो । उक्त डिजाइन मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ । नयाँ डिजाइनको सिक्काको तौल र आकारमा केही परिवर्तन हुने बताइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्