Skip to content
LAXMI SUNRISE BANK

६७ करोडमा बिक्री भयो सन् १९५८ को विश्वकप फाइनलमा पेलेले लगाएको जर्सी

अर्थ सरोकार

काठमाडौँ । ब्राजिलियन फुटबलर पेलेले लगाएको जर्सी ४.९ मिलियन डलर (करिब ६७ करोड रुपैयाँ)मा बिक्री भएको छ । पेलेले सन् १९५८ को फिफा विश्वकप फाइनलमा लगाएको जर्सी सो मूल्यमा बिक्री भएको हो ।

उक्त जर्सी न्यूयोर्कमा आयोजित सोधबीज कम्पनीको लिलामीमा बिक्री भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

यो फुटबल इतिहासमा लिलामीमार्फत बिक्री भएको दोस्रो सबैभन्दा महँगो जर्सी हो । पेलेले लगाएको सोही जर्सी सन् २००४ मा १ लाख ५ हजार ५ सय अमेरिकी डलर (७० हजार ५ सय ५ पाउन्ड)मा बिक्री भएको थियो ।

यसअघि सन् १९८६ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध ‘ह्यान्ड अफ गड’ गोल गर्दा अर्जेन्टिनाका डिएगो म्याराडोनाले लगाएको जर्सी सन् २०२२ मा ७.१ मिलियन पाउन्ड अर्थात करिब एक अर्ब ३१ करोड नेपाली रुपैयाँमा बिक्री भएको थियो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK