काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नागरिक असन्तुष्ट हुने निर्णय सच्याउन सरकार तयार रहेको बताएका छन् । शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर हटाइएको जानकारी दिँदै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।
उनले सरकार जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार भएको उल्लेख गर्दै नागरिकको मागप्रति सरकार गम्भीर रहेको पनि स्पष्ट पारेका छन् ।
त्यस्तै, सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले कुनै निर्णयप्रति नागरिक असन्तुष्ट भए सो निर्णय सुधार्न सरकार तयार रहेको पनि बताएका छन् ।
‘…नागरिकको माग सुन्दै अगाडि बढ्न तथा समतामूलक समाज निर्माण गर्न हाम्रो प्रतिबद्धता अटल र स्पष्ट छ । सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिएका छन् र गरिने छन् । कुनै निर्णयप्रति नागरिक असन्तुष्ट भएमा त्यसलाई सुधार्न र परिमार्जन गर्न सरकार सधैँ तयार रहनेछ ।’, बालेनले लेखेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्