Skip to content
LAXMI SUNRISE BANK

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

अर्थ सरोकार

काठमाडौँ । कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार उक्त घटनामा ज्यान गुमाएकाका परिवारलाई राहतस्वरूप जनही रु दुई लाख उपलब्ध गराउने निर्णय भएको छ ।

साथै, घाइते तथा घर, पसललगायतमा आगजनीबाट पीडित परिवारलाई रु ५० हजार प्रदान गरिने भएको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उक्त निर्णय गरेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK