Skip to content
LAXMI SUNRISE BANK

राप्रपा नेता शाहीको आरोप- ‘सरकारका सबै निर्णय अर्बपति र करोडपतिको पक्षमा केन्द्रित छ’

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले सरकारको सबै निर्णय अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित रहेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले यस्ता आरोप लगाएका हुन् । 

उनले राज्यको यस्तो गरिबमारा निर्णयका कारण गणेश नेपाली र उनीहरुजस्ता गरिब नागरिकले मर्नुपर्ने अवस्था आएको जिकिर समेत गरेका छन् । 

गरिब, दुःखी र निमुखा नागरिकलाई सरकार आवश्यक भएपनि सरकारले उक्त व्यवहार देखाउन नसकेको शाहीले दाबी गरेका छन् । उनले सरकारको नीति, नियम र निर्णय धनीहरुको पक्षमा मात्रै रहेको पनि बताएका छन् । 

त्यस्तै, उनले काठमाडौँ शहर हुनेखानेहरुको मात्रै हो ? भन्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई प्रश्न समेत गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK