काठमाडौँ । घरजग्गा कारोबारबाट गत असार महिनामा मात्रै ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४ सय ५४ रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ । देशभरको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी राजस्व सङ्कलनसमेत गत असार महिनामा नै भएको हो ।
विभागले वर्षभरको राजस्व सङ्कलनको विवरण उपलब्ध गराएको छ । विवरणअनुसार गत वैशाखमा ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८ सय ७३ रुपैयाँ बराबर राजस्व सङ्कलन भएको थियो । यो उक्त आवको दोस्रो धेरै राजस्व सङ्कलन हो ।
विभागका अनुसार २०८२ साउनमा तीन अर्ब २८ करोड ९१ लाख ३८ हजार २ सय ४२ रुपैयाँ बराबर राजस्व सङ्कलन भएको थियो । भदौमा केही घटेर तीन अर्ब १४ करोड सात लाख १६ हजार ३ सय ३५ रुपैयाँ बराबरमात्रै प्राप्त भएको थियो ।
त्यस्तै, असोज र कात्तिकमा भने न्यून मात्रामा राजस्व प्राप्त भएको थियो । असोजमा दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९ सय २७ रुपैयाँ र कात्तिकमा दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार १ सय ९९ रुपैयाँ बराबरको रकम सरकारको खातामा जम्मा भएको थियो ।
गत मङ्सिरमा रु चार अर्ब ८४ करोड ८१ लाख ५४ हजार ८ सय ३२ रुपैयाँ, पुसमा पाँच अर्ब १७ करोड ३२ लाख १४ हजार २ सय २२ रुपैयाँ बराबर राजस्व सङ्कलन भएको थियो । माघमा पाँच अर्ब ९९ लाख २४ हजार ५ सय ३६ रुपैयाँ र फागुनमा चार अर्ब १४ करोड ९५ लाख ४८ हजार ९ सय ३२ रुपैयाँ रकम घरजग्गा कारोबारबाट प्राप्त भएको थियो ।
त्यसैगरी, गत चैतमा ६ अर्ब १६ करोड ५७ लाख ५० हजार १ सय १७ रुपैयाँ, वैशाखमा ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८ सय ७३ रुपैयाँ र जेठमा पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ रुपैयाँ बराबरको रकम सरकारको खातामा जम्मा भएको थियो ।
गत असारमा भने कारोबारमा उल्लेख्य सुधार भएपछि राजस्व सङ्कलनमा पनि वृद्धि भएको थियो । साउन १ गतेदेखि घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर बढ्ने व्यवस्था बजेटमा नै भएपछि कारोबारमा वृद्धि भएको अनुमान गरिएको छ । सोही कारण गत असारमा ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४ सय ५४ रुपैयाँ राजस्व सङ्कलन भएको विभागको विवरणमा समावेश छ । कारोनाकाल र गोरखा भूकम्पपछि घरजग्गा कारोबारबाट गत असारमा सबैभन्दा बढी राजस्व सङ्कलन भएको बताइन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्