काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा अन्तर्गत बीमित हरि प्रसाद काफ्लेलाई ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
बीमित हरि प्रसाद काफ्लेले वि. सं. २०७६ सालमा कम्पनीको काठमाडौं शाखामार्फत रिलायबल सुलभ जीवन बीमा योजनाअन्तर्गत २० वर्षे अवधिको १ करोड बीमाङ्क भएको जीवन बीमा गरेका थिए । उक्त बीमा योजनासँगै पूर्ण अशक्तता सुविधा अन्तर्गत ५० लाख बराबरको अतिरिक्त सुरक्षा सुविधा पनि लिएका थिए ।
केही समयअघि बीमित हरि प्रसाद काफ्लेलाई पार्किन्सन रोग देखिएको थियो । उनको अवस्था पूर्ण अशक्तता सुविधा प्राप्त गर्ने मापदण्डअनुरूप रहेको पुष्टि भएपछि कम्पनीले सोही सुविधाअनुसार ५० लाख दाबी रकम भुक्तानी गरेको हो ।
उक्त दाबी भुक्तानीसँगै निजले ५० लाख बराबरको बीमा शुल्क छुट सुविधा समेत प्राप्त गरेका छन् ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले छिटो, पारदर्शी तथा विश्वासयोग्य दाबी भुक्तानी सेवामार्फत आफ्ना बीमितप्रतिको दायित्व निरन्तर पूरा गर्दै आएको छ । कम्पनीले भविष्यमा पनि आफ्ना ग्राहक तथा उनका परिवारलाई आवश्यक परेको कठिन समयमा भरपर्दो आर्थिक सुरक्षा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तर कायम राख्ने विश्वास व्यक्त गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्