Skip to content
LAXMI SUNRISE BANK

झापामा घरेलु तथा साना उद्योगबाट २ करोड ४१ लाख राजस्व संकलन

अर्थ सरोकार

झापा । घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष २०८२/८३ मा नयाँ उद्योग दर्ता र सेवा प्रवाहमार्फत दुई करोड ४१ लाख ६१ हजार १ सय ५० रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गत आर्थिक वर्षमा कार्यालयमा ५ सय ८६ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा धेरै ३०२ वटा सेवामूलक उद्योग रहेका छन् ।

त्यसैगरी १ सय ४७ वटा उत्पादनमूलक, १ सय ३३ वटा कृषि तथा वनजन्य, तीन वटा सूचना प्रविधिसम्बन्धी र एउटा ऊर्जामूलक उद्योग दर्ता भएका छन् ।

कार्यालयले संकलन गरेको कूल राजस्वमध्ये प्रशासनिक सेवा शुल्कबाट एक करोड ९८ लाख १४ हजार ५० रुपैयाँ, व्यवसाय रजिस्ट्रेशन दस्तुरबाट ४२ लाख ८२ हजार १ सय रुपैयाँ तथा सरकारी सम्पत्तिको बिक्रीबाट ६५ हजार प्राप्त भएको सूचना अधिकारी भट्टराईले जानकारी दिएकी छिन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK