काठमाडौँ । कहिले अध्यक्ष नै फरार हुने, कहिले बैंकका कर्मचारी पक्राउ पर्ने । ग्राहक पैसा हरायो भन्दै बैंकको ढोकामै धर्ना बस्न जानुपर्ने अनि कहिले एउटा ऋणी मलाई बैंकले फसायो भन्दै रोइकराई गर्ने । यतिसम्म त सिद्धार्थ बैंकको बदमासी देखिएकै थियो, सुनिएकै थियो । अव त आम नागरिक मलाई बैंकले किर्ते गर्यो, बैंकका मेनेजरहरुले ममाथि धोकाधडी गरे, बैंकका हाकिमकै यसमा मिलेमतो छ भनेर पत्रकार सम्मेलन नै गरेर जानकारी दिन थाले । नागरिकको भनिएको सरकारले नागरिकका समस्या नसुनेपछि, पीडीतहरु बैंक मेनेजरका तस्विरहरु र कागजहरु बोकेर भनिरहेका छन्, हामी माथि अन्याय भयो, छानविन गर ।
भएको के हो ?
सिद्धार्थ बैंकले बदमासी गरेर आफूलाई फसाएको दाबी गर्नेहरुमध्ये एक हुन् दिलिप ओली । उनले मनिग्राम रुपन्देही शाखाले आफूले माग नगरेको कर्जा स्वीकृत गराएको, किर्ते कागजात तयार गरी कालोसूचीमा रहेको कम्पनीका नाममा करोडौँ रुपैयाँ कर्जा प्रवाह गरेको तथा त्यसलाई ढाकछोप गर्न आफूलाई प्रयोग गरिएको गम्भीर आरोप पत्रकार सम्मेलनमार्फत गरेका छन् ।
बैंक स्टेटमेन्टमा रकम आएको देखिएको छ, गएको देखिएको छ । तर आफूले न कतै हस्ताक्षर गरेको छ, न कसैको खातामा रकम ट्रान्सफर गरेको थाहा छ । आफूलाई थाहा नै नभई पैसा लेनदेन भएको छ । आफूलाई प्रयोग गरेर पैसा अरु कसैले चलाइदिएको छ । र त उनी भनिरहेका छन्– परीक्षण गर त्यो हस्ताक्षर मेरो हो कि होइन भनेर । म गलत हो भने बरु मलाई थुन, तर गलत गरेर मलाई फसाउनेलाई कारवाही गर ।
ओलीको दाबी छ- ‘कालोसूचीमा रहेका कम्पनीहरूको कर्जा सेटल गर्न बैंकभित्रै योजनाबद्ध रूपमा प्रक्रिया अघि बढाइएको पाइएको छ, र यसमा बैंकका हाकिमहरुको समेत मिलेमतो छ ।’ बैंकले ऋण सल्टाउने र खराब कर्जा कम देखाउने नाममा प्रयोग गरेको जग्गा, कर्जा स्वीकृति कागजात, कालोसूचीमा राखिएको मिति, कालोसूचीबाट मुक्त गरिएको पत्रलगायत सबै अभिलेखको छानबिन गरियो भने दूधको दूध पानीको पानी छुट्याउन आवश्यक छ ।
उनले आफूलाई झुक्यानमा पारेर खाली चेक मगाएको र पछि ती चेकमा आफूखुसी रकम भरेर अपरिचित कम्पनीहरूको खातामा रकम पठाइएको दाबी गरेका छन् । जुन कम्पनीसँग आफ्नो दूरदूरको सम्बन्ध छैन, ती कम्पनीहरुसँग आफ्नो नाममा कारोबार गरेर कालोसूचीमा रहेका कर्जा मिलाउन तथा केही व्यक्तिको व्यक्तिगत हितका लागि प्रयोग गरिएको दाबी पीडीतको छ ।
उनले मेनेजरहरुको तस्विर नै सार्वजनिक गर्दै भनेका छन्- ‘प्रदेश प्रमुख सुशील नेपाल, शाखा प्रमुख अभिषेक कुमार थापा मगर, कर्जा प्रमुख रबिन पौडेल क्षेत्री हालका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्याल, हेड अफिसका प्रदीप पन्थ तथा सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालले यस्ता घटनाहरुमा शंकास्पद भूमिका निर्वाह गरेकोले यसमाथि गम्भीर अनुसन्धान हुनुपर्छ ।’
तर के उनका दाबी सबै पत्याउन लायक छन् त ? के सिद्धार्थ बैंकमा यस्तो हुन सक्छ ? यसबारे बुझ्न हामीले बैंकका सूचना अधिकारीलाई सम्पर्क गर्ने प्रयास गर्यौँ । तर, केहि समय यता यहि केसमा धेरैको चासो भएर हुनसक्छ सूचना अधिकारीले फोन नै उठाएनन् । अव प्रश्न रह्यो, के बैंकमा यस्तो हुन सक्छ ? के पीडीत भनिएकाहरुको कुरा सत् प्रतिशत पत्याउने ठाउँ छ ? यसको सिधा जवाफ छ । पीडीत भनिएकाहरुको दाबी सत् प्रतिशत सहि होलान् भन्न यतिकै नसकिएपनि यो केसमा बैंकको गल्ती छैन भन्न सक्ने स्थिति छैन । किनकि खराब कर्जा मिलाउने नाममा बैंकहरुमा यसरी सेटलमेन्टको फोहोरी खेल नयाँ होइन । अझ अध्यक्ष नै फरार हुँदा पनि, अनि फरार अध्यक्ष साधारणसभामा उपस्थित हुँदा पनि प्रहरीले नसमात्ने बैंकले शक्ति र पहुँचका भरमा बदमासी गरेन होला भन्न पनि सकिने अवस्था छैन । यहि केस अरु केहि राम्रा बैंकमा परेको भए, ऋण नतिर्नेले निहुँ खोज्यो कि भन्ने एंगलबाट पनि हेर्न सकिन्थ्यो, तर सिद्धार्थ बैंकको बदनाम बिगतले भन्छ- ‘दालमा केहि कालो पक्कै छ ।’
पीडीतले बैंकले ठग्यो भनेर, मेनेजरका तस्विर र नम्बरहरुसमेत सार्वजनिक गरेर पत्रकार सम्मेलन गरिसकेपछि अव कि यो केसमा छानविन गरेर बैंकलाई कारवाही हुनुपर्छ, कि भने अरुको प्रतिष्ठामाथि बेतुकको आरोप लगाउने आरोपकर्तालाई कारवाही हुनुपर्छ । गल्ती बैंकको हो वा पत्रकार सम्मेलन नै गर्नेको, यसको दूधको दूध पानीको पानी छुट्याईनुपर्छ । बिगतको बदमासीको फेहरिस्त हेर्ने हो भने सुशासनका मामलामा सिद्धार्थ बैंक त्यस्तो गुड ट्रयाक रेकर्ड भएको बैंक हुँदै होइन । तर यसो भन्दैमा फेरी बैंक सधैं बदमास नै हुन्छ भन्न पनि सकिन्न । नेपाली क्रिकेटलाई प्रायोजन गरेर गुन लगाएको बैंक सुध्रियो कि भन्ने कोणबाट पनि हेर्नुपर्छ । तर फेरी पनि सत्य यहि हो, सम्बन्ध सधैंभरीलाई भन्ने थेगो झुण्ड्याएर एउटा नागरिकलाई सधैंभरीलाई तनाव दिन बैंकले मिल्दैन ।
अनि साच्चै बैंकको यस्तो काण्ड बाहिर आउँदा पनि फोन नउठाउने यी सूचना अधिकारी नामका फोन नउठाउने अधिकारीलाई बैंकले कारवाही गर्नुपर्दैन भन्या ? कि फोन उठाउनु ? कि जिम्मेवारीबाट हट्नु ? कि मिडिया फेस गर्नु, कि बदमासी नगर्नु । अनि यस्तै यस्तै कामले हो आरोप आईरहने, बैंक नबोल्ने भएपछिजनताले बैंकको बदमासी सोर्है आना रहेछ भनेर नबुझ्नुज्पर्ने कारण नै भेटिन्न । (भिडियो)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्