काठमाडौं । नेपाली स्वादलाई आधुनिक फास्टफुडसँग संयोजन गर्दै आएको तुफानी पिज्जाले आफ्नो दोस्रो शाखा काठमाडौंको बागबजारस्थित सल्यानी हाउसमा विस्तार गर्ने भएको छ ।कम्पनीका अनुसार नयाँ शाखाबाट असार १८ गतेदेखि नियमित सेवा सुरु हुनेछ ।
गत २०८२ साल माघ २८ गते नयाँ बानेश्वरबाट सेवा प्रारम्भ गरेको तुफानी पिज्जाले छोटो अवधिमै ग्राहकको राम्रो विश्वास जित्दै शाखा विस्तार गर्न सफल भएको जनाएको छ । कम्पनीले नेपाली स्वादलाई प्राथमिकतामा राखी गुणस्तरीय परिकार सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ । विशेषगरी कार्यालयमा कार्यरत कर्मचारी तथा युवापुस्तामाझ दैनिक खाजाको रोजाइको ब्रान्डका रूपमा तुफानी पिज्जा लोकप्रिय बन्दै गएको कम्पनीको दावी छ ।
तुफानी पिज्जाले सेन्टर किचन र सेन्टर स्टोरको अवधारणासहित आफ्नो सेवा विस्तारलाई व्यवस्थित र प्रभावकारी बनाएको जनाएको छ । नयाँ शाखाबाट पिज्जाका साथै तुफानी फ्राइड चिकेन, र्याप, फ्राइड राइस लगायतका अन्य परिकारहरु साथै अर्गानिक कफी तथा विभिन्न प्रकारका फ्रेस जुस उपलब्ध हुनेछन् ।
कम्पनीका सञ्चालक माधव नेपालका अनुसार ग्राहकलाई गुणस्तरीय परिकार, छिटो सेवा र सुपथ मूल्यमा उपलब्ध गराउनु कम्पनीको मुख्य उद्देश्य हो । ‘हामी नेपाली स्वादलाई आधुनिक प्रस्तुतीकरणका साथ देशभर पुर्याउने लक्ष्यमा छौं,’ उनले भने ।
तुफानी पिज्जामा चार्टर्ड एकाउन्टेन्ट टिका कार्की, रेस्टुरेन्ट व्यवसायमा १५ वर्षभन्दा बढी अनुभव भएका माधव नेपाल, मनमोहन रिमाललगायतको संयुक्त लगानी रहेको छ ।
सञ्चालक टिका कार्कीका अनुसार बागबजारस्थित सल्यानी हाउसमा पर्याप्त पार्किङ सुविधा भएकाले ग्राहकलाई सहज पहुँच हुनेछ । साथै, कम्पनीले आफ्ना परिकारहरू शाखाबाट प्रत्यक्ष सेवा दिनुका साथै फुडमाण्डु, पठाओ, आफ्नै वेबसाइट तथा सामाजिक सञ्जालमार्फत पनि उपलब्ध गराउने जनाएको छ ।
नयाँ शाखा सञ्चालनको अवसरमा असार १८ गतेदेखि असार मसान्तसम्म विभिन्न आकर्षक छुट तथा विशेष अफर पनि ल्याइने कम्पनीले जनाएको छ । नेपालमै रोजगारी सिर्जना गर्दै स्वदेशी ब्रान्डलाई चेन रेस्टुरेन्टका रूपमा विकास गर्ने लक्ष्यसहित तुफानी पिज्जाले आगामी दिनमा फ्रेन्चाइज मोडलमार्फत देशका विभिन्न स्थानमा शाखा विस्तार गर्ने योजना समेत बनाएको छ ।
हाल यही व्यवस्थापन समूहले नेपालका विभिन्न १३ स्थानमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएको कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्