काठमाडौँ । आइतबारको बिदा खारेज नहुने भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आइतबारको बिदा खारेज नहुने बताएका हुन् ।
सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्न समिति गठन गरेपछि आइतबारको बिदा खारेज हुने चर्चा चलेको थियो । तर, सरकारका प्रवक्ता समेत रहेका पोखरेलले आइतबारको बिदा खारेज हुने चर्चा सत्य नभएको बताएका छन् ।
उनले आइतबारको बिदा यथावत् रहने बताए । उनले अन्तराष्ट्रिय अभ्यासमा पनि प्रायः दुई दिन बिदा दिइने उल्लेख गर्दै सरकारले आइतबारको बिदा तत्काल हटाउनेबारे नसोचेको बताएका छन् ।
सरकारले गत चैत २२ गतेदेखि हप्ताको दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्