Skip to content
LAXMI SUNRISE BANK

सम्पत्ति छानविनको काम तत्कालका लागि रोक्न सर्वोच्चको आदेश

अर्थ सरोकार

काठमाडौँ । सर्वोच्च अदालतले सम्पत्ति छानविनको काम रोक्न आदेश दिएको छ । सर्वोच्चले सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त सबै व्यक्तिको सम्पत्ति छानविन तत्कालका लागि रोक्न सम्पत्ति छानविन आयोगको नाममा अन्तरिम आदेश दिएको हो ।

अधिवक्ता मनीराम उपाध्याले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको इजलासले आयोगलाई सम्पत्ति छानविनको सबै काम रोक्न आदेश दिएको हो । 

यसो त बुधबार नै सर्वोच्च अदालतले पूर्व न्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै पूर्व न्यायाधीहरुको सम्पत्ति छानविन नगर्न आयोगका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK