Skip to content
LAXMI SUNRISE BANK

बालेनले प्रचार गरेको डिडिसीको व्यापार ५० प्रतिशतले बढ्यो, उत्पादन दोब्बर, विदेशमा समेत निर्यात बढाइँदै !

अर्थ सरोकार

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)को व्यापार बढेको छ । सरकारले सार्वजनिक गरेको १०० दिनको उपलब्धिमा डिडिसीको व्यापार बढेको उल्लेख गरिएको हो । 

सरकारका अनुसार यस अवधिमा डिडिसीको व्यापार ५० प्रतिशतले बढेको छ । व्यापार बढेकै कारण २ महिनामै किसानलाई ३५ करोड रुपैयाँ भुक्तानी गरिएको कृषि मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार गत बैशाखसम्म ६८ करोड रुपैयाँ रहेको डिडिसीको बक्यौता हाल ४५ करोडमा झरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रचार गरेपछि देशभर डिडिसीको व्यापार बढेको थियो ।

लगत्तै सरकारले डिडिसीको उत्पादन प्रवर्द्धन गर्न मन्त्रिपरिषद् बैठकमा डिडिसीका उत्पादन मन्त्रीहरुलाई बाँडेको थियो । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनमा समेत डिडिसीको उत्पादनलाई राम्रै स्थान दिएको थियो ।  

मन्त्रालयका अनुसार हाल बजारमा डिडिसीको उत्पादन र बजार माग पनि बढेको छ । त्यस्तै, डिडिसीले खाडी मुलुकमा वार्षिक न्यूनतम ५० मेट्रिक टन घिउ निर्यात गर्ने गरी सम्झौता गर्न लागेको र त्यसका लागि सम्झौताको मस्यौदा भइसकेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, डिडिसीले चिज उत्पादन दोब्बर बनाउने लागेको समेत बताइएको छ । त्यसका लागि कोशी प्रदेशको पशुपतिनगरमा चिज उत्पादन आयोजना स्थापना गर्न लागिएको र नगरकोटमा पनिर र चिज उत्पादन गर्न लागिएको सरकारका प्रवक्ता एवम् शिक्षा मन्त्री सस्मित पोखरेलले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK