Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य ६ हजार २०० रुपैयाँले बढ्यो, चाँदीको मूल्य कति ? 

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पाचौ दिन बिहीवार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६२०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ६२०० रुपैयाँले बढेर दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १८० रुपैयाँले बढेर प्रतितोला ४४५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK