काठमाडौँ । देशभरका विभिन्न ठाउँमा खाना पकाउने ग्यासको अभाव देखिन थालेको छ । भरि सिलिण्डर बिक्री गर्न थालिएको एक साता पनि नबित्दै बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेको हो ।
ग्यास नपाएपछि उपभोक्ताहरु ग्यास सप्लायर्सकहाँ लाइन बाध्य छन् । एक सिलिन्डर ग्यास साट्नका लागि पनि हप्तौँ कुर्नुपर्ने उपभोक्ताको गुनासो छ ।
यसअघि ग्यास अभावको समस्या समाधान गर्न नेपाल आयल निगमले फागुन अन्तिम सातादेखि आधा सिलिण्डर ग्यास वितरण सुरु गरेको थियो । तर, बजारमा भरी सिलिण्डर ग्यास वितरण हुन थालेसँगै माग बढ्दा अभाव हुन थालेको ग्यास डिलर्सहरुले बताएका छन् ।
तर, यता निगमले भने ग्यास अभाव नभएको दाबी गर्दै आएको छ । निगमले बजारमा ग्यास अभाव नरहेको दाबी गरे पनि ग्यास सप्लायर्समा उपभोक्ताको भीड लाग्दै आएको छ । तस्वीरमा हेर्नुहोस् बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल ग्यासमा सेवाग्राहीको लाइनः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्