Skip to content
LAXMI SUNRISE BANK

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १२ सय ९ जनालाई कारवाही

अर्थ सरोकार

काठमाडौँ । पछिल्लो २४ घण्टामा १ हजार बढी ट्राफिक कारवाहीमा परेका छन् । ट्राफिक प्रहरीले दिएको तथ्यांकअनुसार आइतबार बिहानसम्म १ हजार २ सय ९ जना ट्राफिक कारबाहीमा परेका हुन् ।

ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउने ९६ जना, राइड सेयरिङमा ५० जना, रातो बत्तीमा ५१ जनालाई कारबाही गरिएको छ ।

त्यस्तै, तीव्र गतिमा सवारी साधन चलाउने १ सय ४३ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ५६ जना, लेन क्रसमा ४१ जना, अवस्था ठिक नभएकोमा ४३ जना, एकतर्फीमा २५ र अन्यमा ७ सय २४ जना चालकलाई कारवाही गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK