Skip to content
LAXMI SUNRISE BANK

विदेश पठाउने भन्दै ३९ लाख ठगी गर्ने दुई जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काभ्रेका सरोज पन्त र रामेछापका अनिल खत्रीलाई उक्त रकम ठगीको अभियोगमा शनिबार पक्राउ गरिएको हो ।
अभियुक्त पन्तले एकजना बेरोजगार युवकलाई आयरल्यान्ड पठाइदिने भन्दै रु १६ लाख र खत्रीले दुबई पठाउने बहानामा छजनाबाट रु २३ लाख असुलेका थिए । दुवै अभियुक्तलाई कारवाहीका निम्ति वैदेशिक रोजगार विभाग चलान गरिएको छ ।
यसैबीच, नियमित गस्तीमा रहेको प्रहरी टोलीले काठमाडौँ, मोरङ, पर्सा, भक्तपुर, कैलाली, गोरखा, सुनसरी, बाँके, पाल्पा र झापाबाट लागूऔषधसहित १७ जनालाई पक्राउ गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK