काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)ले १ सय ११ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । ईद अल-अधा २०२६ को अवसरमा युएई सरकारले १ सय ११ कैदीबन्दीलाई आममाफी दिएको हो ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाली कैदीबन्दीलाई आममाफी दिएकोप्रति धन्यवाद दिएको छ ।
त्यस्तै, मन्त्रालयले उक्त आममाफीको सदाशयपूर्ण कदमलाई नेपाल र युएईबीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र हार्दिकताको अभिव्यक्तिका रुपमा उच्च मुल्यांकन गरेको जनाएको छ ।
आममाफी पाएका नेपालीहरुलाई युएईको कानून अनुसार आवश्यक प्रक्रिया पूरा गरेर नेपाल फर्काउने तयारी गरिएको आबुधाविस्थित नेपाली दूतावासले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्