Skip to content
LAXMI SUNRISE BANK

एकीकृत निर्देशनः वित्तीय अवस्था राम्रो भएका कम्पनीको सेयरमा ८० प्रतिशतसम्म ऋण लिन पाइने !

अर्थ सरोकार

काठमाडौँ । अब सेयर धितोमा ८० प्रतिशतसम्म कर्जा पाइने भएको छ । एकीकृत निर्देशन संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । 

योसँगै अब वित्तीय अवस्था राम्रो भएका कम्पनीको सेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट निर्धारित मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन पाइनेछ । 

‘सबलता मूल्यांकनको आधारमा उच्च मूल्यांकन हुने संस्थाको शेयरको कर्जा मूल्य अनुपातमा उल्लिखित अनुपातमा बढीमा १० प्रतिशत बिन्दुसम्म थप गर्न सकिने गरी विधि निर्धारण गर्नुपर्नेछ ।’, निर्देशनमा भनिएको छ । 

कम्पनीको सबलता हेर्न चुक्ता पूँजीको आकार, धितोपत्र सूचीकरण भएको न्यूनतम अवधि, नाफा रहेको तथा लाभांश वितरण गरेको अवस्था र समयावधि, क्रेडिट रेटिङ, नियामकीय व्यवस्थाको पालना, नियमित साधारणसभा सम्पन्न भए/नभएको लगायत सूचक हेर्नुपर्नेछ ।

त्यस्तै, एकपटक कर्जा प्रवाह गरिसकेको यस्तो कर्जाको सुरक्षणमा रहेको सेयरको पुनः मूल्याङ्कन गरी सोको आधारमा थप कर्जा सीमा कायम गर्न वा थप कर्जा प्रदान गर्न नपाइने राष्ट्र बैंकको निर्देशनमा उल्लेख गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK