काठमाडौँ । अमेरिकाले विद्यार्थी भिसा प्रणालीमा कडाइ गरेको छ । अमेरिकी गृह सुरक्षा विभाग (डिएचएस)ले भिसा दुरुपयोग रोक्न र विदेशी विद्यार्थीमाथि संघीय निगरानी बढाउन विद्यार्थी भिसा प्रणालीमा कडाइ गरेको हो ।
अमेरिकाले विद्यार्थी भिसा प्रणालीमा ‘ड्युरेसन अफ स्टेटस’ प्रणाली हटाएर निश्चित समयावधिको भिसा नियम ल्याएको छ ।
नयाँ नियम अनुसार ‘एफ-वान’ र ‘जे-वान’ भिसामा अमेरिका जाने विद्यार्थीहरुका लागि अधिकतम ४ वर्षको बसाई सीमा तोकिएको छ । अर्कोतर्फ अध्ययन पूरा भएपछिको ग्रेस पिरियडलाई ६० दिनसम्म घटाएर ३० दिनको बनाइएको छ ।
नयाँ नियमअनुसार तोकिएको अवधिभन्दा बढी समय अमेरिका बस्नुपरेमा संघीय सरकारको अनुमति लिनुपर्नेछ । यसो त यसअघि विद्यार्थी भिसामा अमेरिका जाने विद्यार्थीहरु अध्ययन नसकिँदासम्म अमेरिका बस्न पाउँथे तर अब भने विद्यार्थी भिसामा अमेरिका जाने विद्यार्थीहरु अधिकतम ४ वर्ष मात्र अमेरिका बस्न पाउनेछन् ।
तर, अध्ययनका लागि ४ वर्षभन्दा बढी समय लाग्ने विद्यार्थीले अमेरिकी नागरिकता तथा अध्यागमन सेवा (यूएससीआईएस) बाट स्वीकृति लिनुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्