काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले पूँजी बजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिने बताएका छन् । अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष भट्टले यस्तो बताएका हुन् ।
उनले नेपालमा सेयर बजार सँधै बढिरहनुपर्ने भन्ने मान्यता रहेको उल्लेख गर्दै कुनैपनि देशको पूँजीबजार निरन्तर उकालो मात्रै लाग्न नसक्ने स्पष्ट पारेका छन् ।
बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाब दिने गरिएको गुनासो गर्दै भट्टले बोर्डको भूमिका बजारको दिशा निर्धारण गर्नु नभई निष्पक्ष ‘प्लेइङ फिल्ड’ उपलब्ध गराउनु मात्रै रहेको पनि स्पष्ट पारेका छन् ।
भट्टका अनुसार ‘सर्ट सेलिङ’ प्रणाली लागू गरेपछि बजार घट्दा हाल आन्दोलनमा उत्रिने समस्याको अन्त्य हुनेछ । यो प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले सेयर सापटी लिएर बिक्री गर्न सक्नेछन् भने मूल्य घटेपछि सोही सेयर किनेर फिर्ता गर्दा मूल्य अन्तरबाट प्रतिफल लिन सकिने व्यवस्था हुनेछ ।
बजार बढ्ने अपेक्षा गर्ने लगानीकर्ताले भने अहिलेको जस्तै सेयर किनेर मूल्य बढेपछि बिक्री गरी नाफा लिन सक्नेछन् । त्यस्तै, अध्यक्ष भट्टले यस व्यवस्थापछि बजार बढ्नैपर्ने भन्ने एकतर्फी मनोविज्ञान परिवर्तन हुने र लगानीकर्ताले आफ्नै अध्ययन तथा विश्लेषणका आधारमा निर्णय गर्ने वातावरण बन्ने दाबी गरेका छन् ।
त्यस्तै, उनले धितोपत्र बोर्डको जिम्मेवारी बजारमा नियम, नियमन र समान अवसर सुनिश्चित गर्नु मात्र भएको उल्लेख गर्दै लगानी निर्णय पूर्ण रूपमा लगानीकर्ताको विवेकमा निर्भर रहने बताएका छन् ।
अर्कोतर्फ बजारमा फैलिन अफवाह नियन्त्रण गर्न आवश्यक नीतिगत व्यवस्था ल्याउन लागिएको पनि भट्टले बताएका छन् । उनले हाल सम्पत्तिछानविन लगायतका सरकारी कारबाहीका कारण लगानीकर्ताको मनोबल खस्किएको भन्ने गुनासो आएको भन्दै सम्पत्ति छानविन, निरीक्षण तथा वित्तीय अपराध नियन्त्रणसम्बन्धी विषयमा धितोपत्र बोर्डले सम्बन्धित सरकारी निकायसँग समन्वय गरेर काम गर्ने पनि उनले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्