Skip to content
LAXMI SUNRISE BANK

सोमबार १.२० अंकले घट्यो नेप्से परिसूचक, बजार २६८४.३३ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक १.२० अंकले घटेर २६८४.३३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४९ कम्पनीको १ करोड १४ लाख ४९ हजार ९८७ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ५७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार रिलायन्स स्पिनिङ्गस् मिल्सको भएको छ । यस कम्पनीको २७ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा एभरेस्ट कलरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता रिलायन्स स्पिनिङ्गस् मिल्सका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK