काठमाडौँ । दुर्घटनापछि ढोका नखुल्ने समस्या देखिएपछि बजारबाट ४३ लाख विद्युतीय गाडी (इभी) फिर्ता गरिने भएको छ । चीनको बजार नियामक एसएएमआरले सुरक्षा जोखिम भन्दै बजारबाट ४३ लाख इभी गाडी फिर्ता बोलाएको हो ।
एसएएमआरले टेस्लाका करिब ३० लाख इभी गाडी र बाँकी १३ लाख चिनियाँ गाडीहरु बजारबाट फिर्ता बोलाएको हो । यसपश्चात फिर्ता बोलाइएको गाडीहरु बिक्री नगर्न पनि एसएएमआरले निर्देशन दिएको छ ।
दुर्घटनापछि विद्युतीय प्रणालीले काम नगर्दा ढोका खोल्न कठिन हुने भन्दै ती गाडीहरु फिर्ता गर्न लागिएको बताइएको छ । तर, फिर्ता बोलाइएका अधिकांश गाडीहरुमा दुर्घटनापछि ढोका नै लक हुने, नखुल्ने हुन्छन् । यसले झनै सुरक्षा जोखिम बढाएको भन्दै उजुरी परेपछि चीनमा उक्त एक्सन लिइएको हो ।
फिर्ता बोलाइएका गाडीहरुमा जिली, डोङफेङ, साओमी, चेरी, बीएआईसी, एफएडब्लू, लिपमोटर र एक्सपेङका गाडीहरु छन् । त्यस्तै, साओमीका ३ लाख ९० हजारभन्दा बढी एसयू७ र लिपमोटरका ३ लाख ७१ हजारभन्दा बढी गाडी फिर्ता बोलाइँदैछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्