Skip to content
LAXMI SUNRISE BANK

लाभांश वितरणको पूर्वस्वीकृति माग्दै ६ बैंकले दिए राष्ट्र बैंकमा आवेदन, स्वीकृति पाए दशैँअघि नै लाभांश बाँडिने !

अर्थ सरोकार

काठमाडौँ । ६ बैंकहरुले लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकसँग पूर्वस्वीकृति माग गरेका छन् । गत आर्थिक वर्ष २०८२/८३ को लाभांश वितरण गर्न ६ बैंकले पूर्वस्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन दिएका हुन् । 

लाभांश वितरणका लागि राष्ट्र बैंकसँग पूर्वस्वीकृति माग्नेमा नबिल बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिामा बैंक र नेपाल इन्फ्रास्टक्चर बैंक छन् ।

नेपाल राष्ट्र बैंकले तत्काल स्वीकृति दिएको खण्डमा सेयरधनीहरुले दशैँअघि नै लाभांश पाउनेछन् ।

लाभांश वितरणका लागि पूर्वस्वीकृति मागेका नबिल बैंकको लाभांश क्षमता १९.१ प्रतिशत, एभरेष्ट बैंकको ३८.३२ प्रतिशत, सानिमा बैंकको २०.८५, माछापुच्छ्रे बैंकको ७.५१ र कुमारी बैंकको ३.०२ प्रतिशत छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK