काठमाडौँ । ग्यास सिलिण्डर लुकाउनेलाई कारवाही हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाना पकाउने एलपी ग्यासको सिलिण्डर लुकाउनेलाई कारवाही गर्ने चेतावनी दिएको हो ।
बजारमा ग्यासको आपूर्तिमा समस्या नरहेको प्रष्ट पार्दै मन्त्रालयले कहिँकतै कसैले पनि ग्यास लुकाएर कृतिम अभाव सिर्जना गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ ।
त्यस्तै, मन्त्रालयले ग्यास लुकाउने, कृतिम अभाव देखाउने र कालोबजारी गर्ने व्यापारी वा डिलरको सूचना दिने उपभोक्तालाई पुरस्कार दिने पनि घोषणा गरेको छ । मन्त्रालयका पत्रकार सम्मेलन आयोजना गर्दै प्रवक्ता नेत्रप्रसाद सुवेदीले सो बारेमा जानकारी दिएका हुन् ।
हाल नेपाल आयल निगमले सामान्य अवस्था भन्दा बढी ग्यास आयात र वितरण गरिरहे पनि आधा सिलिण्डरको साटो भरी सिलिण्डर वितरण गर्न थालेपछी एकैपटक माग बढ्दा समस्या आएको सुवेदीको भनाई छ । उनले पछिल्लो समय निगमले दैनिक एक लाख ३२ हजार सिलिण्डर ग्यास बजारमा पठाइरहेको बताएका छन् ।
सुवेदीका अनुसार हाल देखिएको ग्यास अभावको समस्या समाधान गर्न सिलिण्डरको दैनिक विवरण संकलन गर्न सुरु गरिएको र दीर्घकालीन रुपमा जिआइएस म्याप र क्युआर प्रणाली लागू गरी ग्यास सिलिण्डरको स्टक र आवागमनको निगरानी गर्ने तयारी अघि बढाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्