काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार (आज) नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुसँग भेट गर्दैछन् । मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरु भेटेका अर्थमन्त्री वाग्लेले लगत्तै राष्ट्र बैंकका कार्यकारी निर्देशक भेट्न लागेका हुन् ।
राष्ट्र बैंकका कार्यकारी निर्देशकसँगको भेटमा अर्थतन्त्रको समस्या पहिचान र समाधानको उपायको खोजी सम्बन्धमा छलफल हुने बताइएको छ ।
छलफलमा देशको वित्तीय अवस्थाको गहिराइ बुझेका र मौद्रिक उपकरणको कार्यान्वयन गरिरहेका अधिकारीहरु सहभागी हुनेछन् ।
यसो त अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नर तथा डेपुटी गभर्नरबीच नियमितजसो भेटघाट भइरहेको छ । राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरकै सल्लाह र समन्वयमा अर्थमन्त्रीले बैंकका सिइओ तथा राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गरिरहेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्