Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंकको साधारणसभा भदौ ३१ गते हुने

अर्थ सरोकार

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औं वार्षिक साधारणसभा २०८३ भदौ ३१ गतेको लागि आव्हान गरेको छ । उक्त साधारणसभा आम्रपाली बैङ्क्वेट, बालुवाटार रोड, काठमाडौँमा हुने बैंकले जनाएको छ ।

उक्त साधारणसभाबाट बैंकको संचालक समितिले प्रस्ताव गरे बमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृत आ.व. २०८२/८३ को सञ्चित मुनाफाबाट बैंकका अग्राधिकार सेयरधनीहरूले अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत तथा आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १५ प्रतिशत (कर समेत) नगद लाभांश पारित गरिने छ । 

त्यस्तै, लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आ.व. को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब लगायत वित्तिय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गर्ने, वाह्य लेखा परीक्षक नियुक्ति गर्ने लगायतका अन्य प्रस्तावहरू रहेका छन् ।

गत वर्ष बोनस सेयर तथा नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको बैंकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ २०८३ भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, २०८३ भदौ १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK