काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बेनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ९३) को कारोबार ३ कार्यदिनका लागि निलम्बन गरेको छ ।
केन्द्रीय निक्षेप सेवा तथा राफसाफ कम्पनी (सीडीएससी)को सिफारिसका आधारमा नेप्सेले उक्त ब्रोकरको कारोबार रोक्का गरेको हो ।
सीडीएससीका अनुसार बेनी सेक्युरिटिजले तोकिएको समयभित्र राफसाफ तथा फर्छ्यौटसम्बन्धी कार्य सम्पन्न नगरेपछि कारबाहीका लागि नेप्सेलाई सिफारिस गरिएको थियो ।
सोही सिफारिसका आधारमा नेप्सेले ब्रोकरको कारोबार ३ कार्यदिनका लागि निलम्बन गरेको हो । निलम्बन अवधिभर बेनी सेक्युरिटिजमार्फत लगानीकर्ताले शेयर कारोबार गर्न पाउने छैनन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्