काठमाडौँ । सुन्नु भएकै होला अघिल्लो पटक सुपर डुपर फ्लप भएको नाइमा अटो शो, यसपटक पनि असार २६ देखि भृकुटीमण्डपमा लाग्दैछ । अघिल्लो पटक १० हजार ग्राहकले पनि नघुमेको, अनि गाडीकम्पनीकै साहु, स्टाफ, पत्रकार, फ्रीमा आएका विभिन्न कलेजका विद्यार्थी सबैसबै गर्दा पनि ३० हजार नकटे पनि, लाजै भएपछि नाइमाले १ लाख बढी दर्शकले अटो शो अवलोकन गरे भनेर मिडियामा भ्रम छर्यो । हुन त त्यो बाध्यता पनि थियो, नाडाबाट भर्खर फुटेको, केही रौनक त देखाउनै पर्यो, अर्को पटक इज्जतका लागि पनि त्यति त लेखाउनै पर्यो । तर तथ्य नाइमाले बोलेको सफेद झुट भन्दा फरक थियो । धेरै कुरा हेर्नु पर्दैन, टिकटमा नाइमाको आम्दानी कति देखियो र सो वापत नाइमाले कति कर तिर्यो भन्ने विवरण हेर्दा भइहाल्यो । त्यो बेला खल्ती टिकेटिङ पार्टनर थियो, त्यहाँको डाटा हेर्ने हो भने पनि नाइमाले कति झुट बोलेको थियो भन्ने प्रष्ट हुन्छ । हुन त, हिसाब नखोजिने भएपछि जे भने पनि त भैगो भन्ने भ्रममा छ नाइमा । उही उखान थियो नि, गफै त हो सम्धी ५० लाखको त चिया खाएको भन्ने । त्यस्तै पारा छ नाइमाको पनि ।
सुरुमा भनिदिईहालौँ, नाइमाको अटो शोको तयारी जति गफ दिए पनि यसपाली निकै फितलो छ । कमजोर व्यवस्थापकीय टिमले काम गर्न नसकेको स्वयम् स्वीकारिरहेका छन् । अटो शोमा ल्याउने भनिएका गाडी पहिरोको मारमा परेर नाकामै अड्केका छन् । बरु विज्ञापन छाप्नु पर्दैन, २५ हजारको बिल पठाइदिनु भनेर नाइमाका कर्मचारीहरु मिडियाहरुमा फोन गर्न व्यस्त छन् । अनि यसपाली १ लाख भन्दिम कि डेढ लाखले हेरे भन्दिम भनेर सल्लाह सुरुमै भइरहेको छ । पार्किङ्गको झमेला अघिल्लो पटकभन्दा यसपटक झन् भयावह हुने प्रष्ट छ । नाइमामा नयाँ गाडी किन्नेहरुको स्रोत विवरण सरकारले खोज्न खोजिरहेको छ भन्ने हल्ला चलाउनेहरु पनि नाइमाभित्रै छन् । पोहोरको स्पोन्सरशिप चन्दा दिएजस्तो भएपछि यसपटक खासै पैसा खर्च गर्न मानिरहेका छैनन् प्रायोजकहरु । र पनि नाइमा जसरी पनि अटो शो दामी भयो भन्ने देखाउने लाइनमा छ । पछि फिर्ता गर्ने गरी अहिले बुक गरेको जस्तो देखाएर तथ्यांक देखाउने प्लान भएको चर्चा सुनिएको छ । र पनि नाइमा भनिरहेको छ- ‘तयारी भव्य छ, हामी लागिपरेका छौँ ।’
अवमूल विषयतर्फ लागौँ । नाइमा अटो शो भव्य बनोस्, हाम्रो शुभकामना छ । तर, यस्ता शोहरु देखाएर जसरी गाडीमा कुनै पनि समस्या नै छैन, यो भन्दा त्यो राम्रो, त्यो भन्दा यो राम्रो भनेर भ्रम छरिएको छ, र छर्न खोजिएको छ, त्यो गलत छ । आज हामी यहि विषयको चिरफार गर्दैछौँ । हाम्रो उद्देश्य मात्र यति हो, लाखौँ खर्च गरेर किनेको गाडी, भोलि केहि गल्ती नगर्दा पनि झाडीमा नपुगोस् । गाडी भनेको त परिवार जोगाउने साधन हो । केही गल्ती नगर्दा पनि दन्दनी गाडी बालेर बंश सखाप नहोस् । दुर्घटना हो, कसैको बसमा हुँदैन । तर, टुच्च छुँदा पनि लाख लाखको बिल नअओस् । आज गाडी किन्दा ‘आहा क्या शान’ भनेर गाडी कम्पनीको तारिफ गर्ने, अनि भोलि समस्या आएर नबनेपछि, ‘ठगेछ, गाडी, के जातीका बान’ भनेर गाली गर्नुपर्ने स्थिति नहोस् । अहिले धेरै ठाउँमा भइरहेको पनि यहि छ । त्यसैले गाडी किन्दा सचेत बनौँ ।
१. पछिल्लो समय इभी गाडी जलेका घटनाहरु दिनानुदिन बढिरहेका छन् । कुन गाडी सबै भन्दा बढी जलेको छ, कुन गाडी आहा गाडी भन्दा पनि आगो गाडी भनेर चर्चित छ, सो कुरा बुझेर मात्र गाडी किनौं । गाडी मात्र जले त फेरी बनाउँला, बंश नै सखाप भए के गर्नु ? सचेत बनेर, बुझेर गाडी किन्नुहोला ।
२. बजारमा किन्ने बित्तिकै बिग्रिएका, अनि कम्पनीले नबनाएका उदाहरण धेरै छन् । भोलि महँगो मूल्यमा किनेको गाडी केही दिनमै बिग्रियो अनि कम्पनीले बनाईदिएन भने त थप तनावबाहेक केही हुँदैन । त्यसैले यस्ता गाडी किन्दा सो गाडीमा के के भए, कम्पनीले बनाईदिन्छ भन्ने इउराको पनि ख्याल गरौँ ।
३. समाचार, सुन्नु, पढ्नु भएकै होला । ५० लाखमा किनेको इभि गाडी दुर्घटनामा परेर बनाउन १ करोड बढी लागेको भन्ने तथ्य । यस्तो झमेला गाडी कुन हो, वा तपाईंले किन्न लाग्नुभएको गाडी यस्तै झमेला गाडी त होइन ? सचेत हुनुहोस् ।
४. अटो शोमा तपाईं जानुभयो भने कसैले पनि मेरो भन्दा फलानोको गाडी अलि राम्रो छ भन्दैन । सबैले आफ्नै गाडीलाई सबैभन्दा लेटेस्ट, सबैभन्दा अपÞmर्डेबल, सबै भन्दा राम्रो भन्छन् । तर नाम नै कुन चराको हो जसरी आएका ब्राण्डका गाडी किन्दा झन् समस्या हुन सक्छ, सचेत हुनुहोला ।
५. सबैभन्दा महत्वपूर्ण कुरा त, अटो शो भनेर गाडी बुक गर्यो, त्यहाँ भन्दा बढी डिस्काउन्ट त यसो चिनेजानेका साथीभाइले फोन गर्दा नै बढी आउँछ । अरुलाई ३ लाख डिस्काउन्ट हो आफ्नै साथीलाई २ लाख भनेर ठट्टा गर्नेहरु अटो शोमा थुप्रै पाइन्छन् ख्याल गर्नुहोला ।
६. नयाँ गाडी आफैंमा भ्रम हो । तपाईंले नयाँ भनेर किन्दा नै गाडी हजार हाराहारी किलोमिटर कुदिसकेको हुन्छ । बढी कुदेको भए रिभर्स गराएर बेच्ने धन्दा बेग्लै छ बजारमा । कतिपय गाडी त ल्याउँदा ल्याउँदै पल्टिएर, बिग्रिएर अनि फेरी त्यसलाई नयाँ बनाएर बेच्ने गरिएको पनि छ, यस्तो गलत काम गर्नेहरुसँग सचेत बन्नुहोला ।
७. सबैभन्दा महत्वपूर्ण कुरा भनेको ऋणमा गाडी किन्नेहरुमध्ये ४० प्रतिशत भन्दा बढीको ऋण बिग्रिएको छ । त्यसैले आफुले सक्नेमात्र आँट गरौं, अरुको देखासिखी गरेर व्यवहार नबिगारौं ।
नाइमा अटो शोको वास्तविकतामा हाम्रो निरन्तर नजर रहिरहनेछ । अहिले भनिएका समस्या कुन कुन गाडीमा कहिले कहिले आए, अहिलेको स्थिति के छ भन्ने तथ्य पनि एक एक गरी हामी नाइमा अटो शो भरी नै प्रकाशन/प्रशारण गर्नेछौँ । गाडी तपाईंको सारथी बन्नुपर्छ, तपाईंको दशा होइन । यसका लागि तपाईंसँग हामी छौँ हुनेछौँ । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्